०७ बैशाख २०७७, काठमाडौँ
अभिनेत्री रेखा थापाले केहीसमय अघि अहिलेको समयमा पार्टीको झण्डा समातेर कसैले पनि राजनीति गर्न आवश्यक नरहेको बताएकी थिइन् । उनले सरकारको कामप्रति असन्तुष्टि जनाउँदै यी कुराहरु भनेकी थिइन् ।
उनले अहिले देशमा संकटको समय चलिरहेकाले सबैले आफ्नो ठाउँबाट देशको लागि काम गर्न आवश्यक भएको पनि बताएकी थिइन् ।
उनले भनेकी थिइन्, ‘नेता गगन थापाका सम्बोधन, तर्क र फेसबुक लाइभमा उनले गरेका कुराहरु पार्टीको झन्डामुनि बसेर गरिएको राजनीति हो । उहाँ स्वास्थ्य मन्त्री भइसकेको मान्छे हो, उहाँलाई सबै लुप होलहरु थाहा थियो, तर आफ्नो कार्यकालमा त्यस्तो के परिवर्तन भएको थियो र रु यो बेला पार्टीको झन्डामुनि बस्नुभन्दा पनि विश्व शान्ति र स्वास्थ्य को कामना गर्नु पर्ने हो ।’
रेखाको यो भनाईले अहिले उनको आलोचना भैरहेको छ ।