०७ वैशाख २०७७, काठमाडौं
सरकारले स्थापना गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’मा जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख, उपप्रमुखलगायत सम्पूर्ण सदस्यहरुले आफूले प्राप्त गर्ने १५ दिनको सुविधा उपलब्ध गराउने भएका छन् ।
जिल्ला समन्वय समिति प्रदेश नं. १ कार्य समितिको समन्वयमा प्रदेश नं. १ अन्तर्गत रहेका सबै जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख लगाएत सम्पूर्ण सदस्यहरुले आफूले प्राप्त गर्ने मासिक सुविधामध्ये १५ दिनको हुन आउने रकम कोरोना कोषमा जम्मा गर्ने सल्लाह भएअनुसार जिल्ला समन्वय समिति सोलुखुम्बुले पनि उक्त सुविधा उपलब्ध गराउने भएको हो ।
शनिबार (हिजो) एक विज्ञप्ति जारी गर्दै समितिले उक्त सुविधा उपलब्ध गराउने निर्णय भइसकेको जनाएको छ ।