०७ वैशाख २०७७, काठमाडौं
सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीको लम्कीचुहा नगरपालिका–१ प्रतापपुर घर भएका कोरोना संक्रमित बिरामीलाई डिस्चार्ज गर्ने तयारी भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
उपचारपछि उनको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्जको तयारी गरिएको नियमित कोरोना ब्रिफिङ्गमार्फत् मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
भारतको मुम्बइबाट आएका उनलाई चैत २२ गते कोरोना संक्रमणको पुष्टि भएको थियो । उनीसँगै नेपालको केशमा निको भएर घर फर्किने संक्रमितको संख्या ४ पुग्नेछ ।
|तस्वीरमा मन्त्रालयका प्रवक्ता देवकोटा। सौजन्यः नेपाल टेलिभिजन|