घट्यो अमेरिकामा दैनिक मृत्यु हुनेको संख्या,पछिल्लो २४ घण्टाको अपडेट



०८ बैशाख २०७७, काठमाडौं

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको छ । यसको तीव्र संक्रमण  अमेरिकामा छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ५ सय १० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ४० हजार ५ सय २४ पुगेको छ । अस्तीको तुलनामा आजको मृत्यु  झण्डै १ हजार कम हो ।अस्ती २ हजार ४ सय ९८ जना बढीले ज्यान गुमाएका थिए, त्यस्तै हिजो १ हजार ८ सय ५७ बढीले ज्यान गुमाएका थिए ।

एकैदिन २४ हजार ७ सय ८७ बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ७ लाख ६३ हजार ५ सय ७९ बढी पुगेको छ । संक्रमितमध्ये १३ हजार ५ सय ६६ जनाको अवस्था गम्भीर रहेको छ भने ७० हजार ९ सय ३८ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्