छिमेकी मुलुक भारतमा कोरोना संक्रमित बढेका बढ्यै, पछिल्लो २४ घण्टाको कोरोना अपडेट



०८ बैशाख २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ३८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ५५९ पुगेको छ ।

एकैदिन १ हजार २५० जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १७ हजार ६१५ पुगेको छ । त्यस्तै संक्रमितमध्ये २ हजार ८५४ जना उपचारपछि निको भएका छन् भने १४ हजार २०२ जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्