विश्वको पछिल्लो २४ घण्टाको कोरोना अपडेट



०८ बैशाख २०७७, काठमाडौं

विश्वभर कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या १ लाख ६५ हजार ०५९ पुगेको छ । त्यस्तै संक्रमितको संख्या २४ लाख ४ हजार ८५१ पुगेको छ । संक्रमितमध्ये ५ लाख ९६ हजार ४८२ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

विश्वका २१० देशमा फैलिएको कोरोना भाइरसको संक्रमणमा परेका १५ लाख ७३ हजार ५५२ जनाको उपचार भइरहेको छ । जसमध्ये ५५ हजार २६५ जनाको अवस्था गम्भीर छ ।

विश्वभर पछिल्लो २४ घण्टामा मात्रै ७४ हजार ८३ नयाँ संक्रमित थपिएका छन् भने ४ जहार ८८७ जनाको ज्यान गएको छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ५ सय १० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ४० हजार ५ सय २४ पुगेको छ । अस्तीको तुलनामा आजको मृत्यु  झण्डै १ हजार कम हो ।अस्ती २ हजार ४ सय ९८ जना बढीले ज्यान गुमाएका थिए, त्यस्तै हिजो १ हजार ८ सय ५७ बढीले ज्यान गुमाएका थिए । एकैदिन २४ हजार ७ सय ८७ बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ७ लाख ६३ हजार ५ सय ७९ बढी पुगेको छ । संक्रमितमध्ये १३ हजार ५ सय ६६ जनाको अवस्था गम्भीर रहेको छ भने ७० हजार ९ सय ३८ जना संक्रमित उपचारपछि निको भएका छन् ।

इटालीमा पछिल्लो २४ घण्टामा ४३३ जनाले ज्यान गुमाएसँगै  ज्यान गुमाउनेको संख्या २३ हजार ६६० भन्दा धेरै पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ४७ जना नयाँ संक्रमित थपिएसँगै संक्रमित हुनेको संख्या १ लाख ७८ हजार ९७२ पुगेको छ । संक्रमितमध्ये ४७ हजार ५५ जना उपचारपछि निको भएका छन् भने २ हजार ६३५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

स्पेनमा पछिल्लो २४ घण्टामा ४१० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २१ हजार १०३ पुगेको छ । त्यस्तै एकैदिन ४ हजार २५८ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ९८ हजार ६७४ पुगेको छ । संक्रमितमध्ये ७७ हजार ३५७ जना उपचारपछि निको भएका छन् भने ७ हजार ३७१ जनाको अवस्था गम्भीर रहेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ३८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ५५९ पुगेको छ । एकैदिन १ हजार २५० जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १७ हजार ६१५ पुगेको छ । त्यस्तै संक्रमितमध्ये २ हजार ८५४ जना उपचारपछि निको भएका छन् भने १४ हजार २०२ जनाको उपचार भइरहेको छ ।

बेलायतमा पछिल्लो २४ घण्टामा ५९६ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १६ हजार ६० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्