बलिउड नायिका जायरा वसिमले भनिन्- ‘मेरो तारिफ नगर्नुस, यो मेरो इमानको लागि खतरनाक छ’



०८ बैशाख २०७७, काठमाडौँ

जायरा वसिम बलिउडमा छोटो समयमा नै सर्वाधिक चर्चा कमाउन सफल कलाकार हुन् । तर बलिउडमा आएको केही समयपछि नै उनले फिल्म क्षेत्र सदाको लागि छोडिदिएकी छिन् ।

दगंल, सेग्रेट सुपरस्टार लगायतका ब्लकबस्टर चलचित्रमा काम गरेकी जायराले आफ्नो धर्मको लागि फिल्म क्षेत्र छोडिदिएको बताएकी थिइन् । उनै नायिका जायराले आफ्नो तारिफ नगरिदिन फ्यानलाई आग्रह गरेकी छिन् ।

उनका अनुसार यो उनका लागि सही होइन र उनको इमानका लागि खतरनाक पनि हो । उनले सोसल मिडियामा यसबारे सम्बन्धित एउटा पोष्ट साझा गरेकी छिन् । यसमा उनले मानिसहरु आफूबाट प्रभावित हुनका लागि आफू त्यति धार्मिक नभएको बताएकी छिन् ।

जायराले आफूलाई रुचाउनेहरुलाई अभिवादन गर्दै लेखेकी छिन्,

‘म विनम्रतासहित यो स्विकार्छु कि सबैजनाले मलाई प्रेम गर्नुहुन्छ । साथै म यो कुरालाई जोड दिएर भन्न सक्दिनँ कि मैले पाइरहेको तारिफसँग किन म सन्तुष्ट छैन र यो कसरी मेरा लागि निकै ठूलो परीक्षा हो र कसरी यो मेरो इमानका लागि खतरनाक छ । म त्यति धार्मिक छैन कि मानिसहरुलाई प्रभावित गर्न सकूँ । यसको साटो म सबैलाई के आग्रह गर्न चाहन्छु भने कुनै पनि तरिकाले मेरो तारिफ नगर्नुहोस् । यसको साटो अल्लाहले मेरा अनगिन्ति कमीजोरीलाई नजरअन्दाज गरिदिऊन् भनेर प्रार्थना गरिदिनुहोस् । मेरो उद्देश्यमा सुधार होस् र फाइदाजनक ज्ञान मलाई प्राप्त होस् । मलाई स्थिर भएर मुसलमानको रुपमा बाँच्न र मर्ने मौका प्रदान गरिदिन मेरा लागि प्रार्थना गर्नुहोस् ।’

प्रतिक्रिया दिनुहोस्