०८ वैशाख २०७७, काठमाडौं
मन्त्रिपरिषद्को बैठक सोमबार (आज) बिहान ११ बजे बस्दै छ ।
नियमित मन्त्रिपरिषद्को बैठक बस्न लागेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले बताइन् ।
सरकारका नियमित काम कारबाहीका विषय नै छलफलको एजेण्डा रहेको उनले जानकारी दिइन् । बैठकमा कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारमा सरकारले गरिरहेको काम तथा थप रणनीति बनाउने विषयमा छलफल हुने बताइएको छ ।
पछिल्लो समयमा थप गरिएको लकडाउन १५ वैशाखसम्म कायम गरिएको छ । आजको बैठकमा लकडाउनका विषयमा पनि थप छलफल हुने कार्यक्रम छ।
लकडाउनका कारण काठमाडौंबाट घर फर्किने मजदुर अलपत्र परेको विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।
|फाइल तस्वीर|