गोकर्णेश्वरमा मजदूरलाई निःशुल्क खाना



०८ वैशाख २०७७, काठमाडौं

गोकर्णेश्वर नगरपालिकाले श्रमिक एवं अति विपन्न ७५० लाई दैनिक बिहान बेलुका निःशुल्क भोजन शुरु गरेको छ ।

बन्दाबन्दी शुरु भएपछि दैनिक ज्याला गरी जीविकोपार्जन गर्ने नागरिकलाई सहयोग गर्ने उद्देश्यले दाताबाट सहयोग जुटाएर निःशुल्क भोजन शुरु गरिएको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले बताए ।

‘कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण भीडभाड हुन नदिन भोजन तयार गरी पाँच स्थानबाट प्याकेटमा वितरण हुन्छ । भोजन वितरण हुने स्थानमा पनि दूरी कायम गरेर मात्र राख्ने व्यवस्था गरिएको छ ।’ उनले भने

बन्दाबन्दी बढ्दै गएको र राहत वितरण गर्दा व्यवस्थापन गर्न अप्ठ्यारो भएकाले वैशाखको शुरुदेखि नै निःशुल्क भोजन सेवा दिएको नगरपालिकाले जनाएको छ ।

बन्दाबन्दी रहेसम्म निःशुल्क भोजन सेवा जारी रहने छ ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्