०८ बैशाख २०७७, काठमाडौँ
एक पाकिस्तानी न्यूज च्यानलले बलिउड अभिनेता आमिर खानलाई हत्यारा बनाएको छ । वास्तवमा हत्यारा आरोपी एमक्युएम अमीर खानको सट्टामा उक्त न्यूज च्यानलले आमिर खानको तस्बिर हालेपछि अहिले विवादमा आएको छ ।
हत्याकाण्डका आरोपी नेता अमीर खानको ठाउँमा बलिउड अभिनेता आमिर खानको तस्बिर हटाएर भुलसुधार गरिसकेपनि उक्त साचार अझै सामाजिक सञ्जालमा ट्रोल बनिरहेको छ ।
हुन त उक्त न्यूज च्यानलले जानी जानी आमिरको तस्बिर भने लगाएको होइन । हत्यारा आरोपी अमिर खानको तस्बिर लगाउन खोज्दा झुक्किएर आमिरको तस्बिर गएको हो ।