कोरोना संक्रमणले स्वास्थ्य जटिल बनेपछि हलिउड अभिनेता निक कोर्डेरोको खुट्टा काटियो



०८ बैशाख २०७७, काठमाडौँ

केही समयदेखि कोरोनासँग लडिरहेका हलिउड अभिनेता निक कोर्डेरोको दाहिने खुट्टा काटिएको छ । उनको खुट्टामा लामो समयदेखि समस्या देखिएको छ ।

खुट्टामा रगत जम्ने समस्या देखिए पछि अवस्था झन जटिल हुन पुगेको र खुट्टा काट्नुपर्ने भएको बताइएको छ । कोरोनाको कारण उक्त जटिलता देखिएको हो । उनि दुइ हप्ता भन्दा बढी समय देखि लस एन्जेलस स्थित सेडार्स(सिनाइ मेडिकल सेन्टरमा उपचार गराइरहेका छन् ।

शनिबार खुट्टा काटिएपछि स्वास्थ्यमा क्रमिक सुधार आइरहेको उनकी पत्नी एमाण्डा क्लुट्सले जानकारी दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्