ऐन ल्याउँदैमा पार्टी फुट्दैन : मुख्यमन्त्री पोखरेल



०८ वैशाख २०७७, काठमाडौं

प्रदेश नंं ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयको बचाऊ गरेका छन् ।

आफ्नो आधिकारिक फेसबूक ह्याण्डलमा स्थिति राख्दै मुख्यमन्त्री पोखरेले सरकारले ऐन ल्याउँदैमा पार्टी नफुट्ने बताउँदै अनुशासित र जिम्मेवार बन्नुपर्ने बताएका छन् ।

‘ऐनले पार्टी फुट्ने नि होइन, ऐनले पार्टी जुट्ने पनि होइन । ४० प्रतिशतको प्रावधान लोकतान्त्रिक विशेषता नै हो । अनुशासित बनौं, जिम्मेवार बनौं ।’

उक्त स्थितिअनुसार अहिले किन यस्तो अध्यादेश ल्याउन जरुरी थियो भन्ने विषयमा मुख्यमन्त्री पोखरेलले केही पनि बोलेका छैनन् ।

यसअघि बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीको चाहनाअनुसार पार्टी विभाजनका लागि संसदीय दलमा मात्र ४० प्रतिशत पुर्‍याउँदा पनि विभाजनले मान्यता पाउने प्रावधान समेटिएको थियो ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्