०८ बैशाख २०७७, काठमाडौँ
अहिलेका चर्चित अभिनेता पल शाहले कोरोना भाइरसका कारण समस्यामा परेका चलचित्रका प्राविधिकहरुलाई ५ लाख सहयोग गरेका थिए । अहिले फेरि उनले कोरोना पिडितलाई सहयोग गरेका छन् ।
पलले कोरोनाका कारण समस्यामा परेका साँखुको एक आश्रमका मानिसहरुलाई खाना खुवाएका छन् ।
सो आश्रममा रहेका असहायहरूलाई खाना खुवाउनको लागि उनी आश्रममा पुगेका थिए । द्वन्द्वपीडित तथा अपाङ्ग सेवामा आश्रममा रहेका ५५ असहायहरूलाई उनले खाना खुवाएका हुन् । समाजसेवी विमल पन्तको समूहसँग मिलेर पलले त्यहाँ खाना खुवाएका हुन् ।
पलले भने, ‘त्यहाँ दुई वर्षदेखि १८ वर्षसम्मका बालबालिकाहरू हुनुहुँदोरहेछ । उहाँहरूलाई हमीले खाना खुवायौँ । साथै, केही चामल र तरकारीहरू पनि सहयोग गरेका छौँ ।’