कोरोनाले काहालीलाग्दो बनेको अमेरिकाको पछिल्लो २४ घण्टाको अपडेट



०९ बैशाख २०७७, काठमाडौं

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको छ । यसको तीव्र संक्रमण  अमेरिकामा छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ९ सय ३९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ४२ हजार ५ सय १४ बढी  पुगेको छ ।

एकैदिन २८ हजार १ सय २३ बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ७ लाख ९२ हजार ७ सय ५९ बढी पुगेको छ । संक्रमितमध्ये १३ हजार ९ सय ५१ जनाको अवस्था गम्भीर रहेको छ भने ७२  हजार  ३ सय ८९ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्