छिमेकी राष्ट्र भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या निरन्तर उकालो लाग्दै, पछिल्लो २४ घण्टाको कोरोना अपडेट



०९ बैशाख २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ३३ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ५९२ पुगेको छ ।

एकैदिन १ हजार बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १८ हजार ५३९ पुगेको छ । त्यस्तै संक्रमितमध्ये ३ हजार २७३ जना उपचारपछि निको भएका छन् भने १४ हजार ६७४ जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्