०९ बैशाख २०७७, काठमाडौँ
नायिका सुष्पा कार्कीले केहीसमय अघि पूजा शर्मालाई चिन्दिन भनेकी थिइन् । साथै उनले पूजाको अभिनयबारे पनि टिप्पणी गरेकी थिइन् । वास्तवमा यो कुरा २ बर्ष अगाडीको हो । सुष्माले टिकटकमा भिडियो बनाउँदा यी कुरा गरेकी थिइन् ।
तर उनको भिडियो सामाजिक सञ्जालमा नमज्जाले अहिले भाइरल भैरहेको छ । लकडाउनका कारण मानिसहरुले पुराना कुरा खोतल्न निकै समय पाइरहेका छन् ।
सायद त्यसैको असर होला २ बर्ष अगाडीको भिडियो अहिले भाइरल भएका कारण सुष्मा कार्कीको आलोचना भैरहेको छ । उनलाई टिकटकमै दर्शकहरुले एउटा कलाकार भएर अर्को कलाकारको सम्मान गर्न नजानेको भन्दै गाली गरिरहेका छन् ।
सुष्माले यसबारे स्पष्टिकरण दिएकी छिन् । उनले आफ्नो र पूजाको दुश्मनी भएका कारण ती कुरा नभनेको बताएकी छिन् ।
उनले अहिले पूजा र आफू राम्रो साथी भएको बताएकी छिन् । साथै उनले पूजालाई आफूले बहिनी मान्ने र पूजाले पनि आफूलाई दिदी भन्ने गरेको बताइन् । उनले पहिलेको भिडियो भाइरल बनाउँदै आफूलाई गाली नगर्न पनि अनुरोध गरेकी छिन् ।