०९ बैशाख २०७७, काठमाडौँ
लकडाउनका कारण यतिबेला कलाकारहरु पनि फुर्सदमा छन् । जसका कारण सबैले परिवारसँग समय बिताउन पाइरहेका छन् भने आफूलाई मन लागेका काम पनि गर्न पाइरहेका छन् ।
लकडाउनका कारण कसैले खाना बनाउन सिके त कसैले मन लागेका पुस्तकहरु पढे । यस्तै अभिनेता दयाहाङ राईले भने लकडाउनका कारण आफूलाई समिक्षा गर्न पाएको बताएका छन् ।
दयहाङ ले अहिलेसम्म आफूले गरेका काम र जीवनमा भोगेका अनुभवहरुको समिक्षा गर्न पाएको बताएका छन् । ‘अरुबेला यसरी आफैलाई समीक्षा गर्ने फुर्सद हुँदनथ्यो, अहिले आफैले आफैलाई समीक्षा गर्न पाएको छु,’ दयाहाङ भनछन्, ‘भोलिको हाम्रो पुस्तालाई कोरोना महामारी कस्तो थियो भन्ने सुनाउने हामी पुस्ता त हो, एक हिसाबले यो अनुभव पनि हो ।’