ट्वीटर र टिकटकका फेक खाताका कारण तनावमा नायिका बर्षा सिवाकोटी



०९ बैशाख २०७७, काठमाडौँ

नायिका बर्षा सिवाकोटी फेक ट्वीटर र टिकटक अकाउण्टका कारण तनावमा छिन् । उनी ट्वीटर र टिकटकमा एक्टिभ छैनन् । तर टिकटक र ट्वीटरमा पनि बर्षाको खाताहरु भेटिन्छन् । जहाँ बेला बेलामा बर्षाका तस्बिर र भिडियो पनि पोष्ट भएका हुन्छन् ।

यसले बर्षाका फ्यानहरु पनि झुक्किएका छन् । बर्षाले आफ्नो ट्वीटर र टिकटक अकाउण्ट नभएका कारण आफ्ना फ्यानलाई नझुक्किन अनुरोध गरेकी छिन् । साथै उनले उनको नाममा फेक अकाउण्ट बनाउनेलाई चेतावनी समेत दिएकी छिन् ।

बर्षाले अझैपनि आफ्नो नामको फेक खाताबाट केही पोष्ट भएको देखेमा उनीहरुविरुद्ध उजुरी दिनेसमेत बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्