०९ वैशाख २०७७, काठमाडौं
सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश राजपत्रमा पनि छापेको छ ।
सोमबार (हिजो) मन्त्रिपरिषद्बाट अनुमोदन भएसँगै साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी अध्यादेश राजपत्रमा छापिएको हो ।
नेपाल राजपत्र नेपाल सरकारको आधिकारीक प्रकाशन हो । जसमा राष्ट्राध्यक्षबाट जारी भएका सम्बोधन, विधायिका संसदबाट पारित भएका ऐन अध्यादेशहरू र नियम, प्रकाशन गरिन्छ ।