१० बैशाख २०७७, काठमाडौं
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ ।
भारतमा पछिल्लो २४ घण्टामा ५३ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ६ सय ४५ पुगेको छ ।
एकैदिन १ हजार ५ सय बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २० हजार ८० बढी पुगेको छ । त्यस्तै संक्रमितमध्ये ३ हजार ९ सय ७५ जना उपचारपछि निको भएका छन् भने १५ हजार ४ सय ६० जनाको उपचार भइरहेको छ ।