१० बैशाख २०७७, काठमाडौं
नेपाल कम्युनिष्ट पार्टीको ७१ औं स्थापना दिवस तथा १३० औं लेनिन जयन्तीको अवसरमा नेकपा बागमती प्रदेशका अध्यक्ष नारायण दाहालले सम्पूर्ण श्रमजीवि नेपाली तथा आम जनसमुदायमा शुभकामना व्यक्त गरेका छन् ।
अध्यक्ष दाहालद्वारा जारी शुभकामना वक्तव्यमा, ‘ नेकपालाई नेपाली जनताले निर्वाचन मार्फत दिएको अभिमत सामाजिक न्याय सहित समृद्धि हासिल गर्नको लागि
हो । नेपालको राष्ट्रिय स्वाधिनता, सार्वभौमसत्ता, स्वतन्त्रता र अखण्डता मजबुत बनाउनको लागि हो । टुटफुट र विभाजनको नकरात्मक अनुभवबाट पाठ सिक्दै हामीले गरेको पार्टी एकता अझ बलियो बनाउनु हाम्रो गहन जिम्मेवारी रहेको छ । यस ऐतिहासिक क्षणमा पार्टीको विचार र एकतालाई अझ सुदृढ गर्न आ–आफ्नो ठाउँमा सक्रिय भूमिका खेल्न सबैमा अपिल गर्दछु ।’ भनी उल्लेख गरेका छन् ।
त्यसैगरी विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को महामारीबाट विश्व स्वास्थ्य संगठनको मापदण्ड र नेपाल सरकारले गरेका प्रयासलाई सहयोग गर्दै आफ्नो स्वास्थ्य र सुरक्षामा केन्द्रित रहँदै जनताको स्वास्थ्य, सुरक्षा र सेवामा समर्पित हुन अध्यक्ष दाहालले आम पार्टी कार्यकर्तालाई अनुरोध गरेका छन् ।
नेकपा बागमतीका अध्यक्ष नारायण दाहालद्वारा जारी शुभकामना वक्तव्य :