१० वैशाख २०७७, काठमाडौं
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय संसदका सांसदहरुसँग छलफल थालेका छन् ।
अध्यादेश जारी गरेपछि विवाद भइरहेका बेला कोभिड १९ (कोरोना भाइरस) संक्रमणविरुद्धको कामलगायतका बारेमा अध्यक्षद्वयले सांसदहरुसँग् छलफल थालेका हुन् ।
प्रदेशगत रुपमा नेकपा सांसदहरुलाई बालुवाटारमा बोलाएर पछिल्लो अवस्थाबारे सांसदहरुका सुझाव र तल भइरहेका कामहरु बारेमा जानकारी लिने काम भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
सम्बन्धित प्रदेशभित्रबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरुलाई छलफलमा राखिएको छ । केही दिनअघि नेकपाका सांसदहरुले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई भेटेर कोरोना विरुद्धका लडाइमा जनताबीच गएर काम गर्ने वातावरण बनाइदिन आग्रह गरेका थिए । सांसदहरुका गुनासा सुन्ने र पछिल्लो अवस्थाबारा जानकारी गराउने उद्देश्यले सांसदहरुसँग अलग अलग छलफल गर्न लागिएको हो ।
|फाइल तस्वीर|