१० बैशाख २०७७, काठमाडौँ
भलिबल खेलाडी तथा नायिका सिपोरा गुरुङ हाल अमेरिकामा छिन् । अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । त्यसका साथै कोरोना संक्रमित पनि सबैभन्दा धेरै अमेरिकामा नै रहेका छन् ।
जसका कारण सिपोराले शक्तिशाली देशमा भएर पनि असुरक्षित महशुस भएको बताएपछि केहीले उनको विरोध गरे । उनलाई के खान अमेरिका गएको भन्ने दर्शक पनि भेटिए । जसलाई सामाजिक सञ्जालमा स्टाटस लेख्दै सिपोराले गतिलो जवाफ दिएकी छिन् ।
उनले खेल क्षेत्रमा केही गर्न सकिन्छ कि भनेर देश छोडेको बताउदै न्यानो ओछ्यान छोडेर दुख गर्न कसैलाई मन हुदैन भनेकी छन्।
सिपोराको स्टाटस जस्ताको तस्तै-
आफ्नो न्यानो बिस्तारा छोडेर…आफुले नजानेर पाएको दुख्ख अरु खेलाडीले भोग्न नपरोस भनेर सिक्न र नेपाली खेल्कुदमा के गर्न सकिन्छ भनेर अमेरिका पढ्न आएको हो। सजिलो छैन यो उमेरमा आएर दिन रात एक गरेर, डलर तिरेर कलेज पढ्न।(सन्दर्भ्- के खान अमेरिका गएको)