१० बैशाख २०७७, काठमाडौँ
अभिनेता आकाश श्रेष्ठले लेखेको एक कविताले अहिले सामाजिक सञ्जालमा निकै चर्चा पाइरहेको छ । उनले कविताको कसको लागि लक्षित गरेर लेखेका हुन् त्यो भने थाहा छैन । तर उनको कविता ने निकै नै राम्रो रहेको छ ।
आकाश लेख्छन्, ‘म तिम्रो सोच देखेर हैरान छु अचेल र सोचिरहन्छु कतिन्जेल प्रदर्शन गरिराखौला र त्यो रुप जुन दिन दुनियाँले तिम्रो रुप एक मान्छे भित्रको दुई रुप देख्नेछन् ।’
आकाशले तिमी भित्रै रहेको तिम्रै अहंमता र अहंकारले तिम्रो अस्तित्व समाप्त पार्दै जानेछ भनेर पनि लेखेका छन् ।
आकाशका केही फ्यानले भने उनले उक्त कविता पूजा शर्माको लागि लेखेको बताएका छन् । पछिल्लो समयमा आकाश र पूजाको नाम एकसाथ जोडिएर आउने गरेको छ । जसका कारण दर्शकले उक्त कविता पूजाको लागि हुनसक्ने अनुमान लगाएका छन् ।