१० वैशाख २०७७, काठमाडौं
अमेरिकाको मिजौरी राज्यका महान्याधिवक्ताले मंगलबार (हिजो) कोभिड १९ (कोरोना भाइरस)को संक्रमण फैलाएर खर्बौं अमेरिकी डलरको आर्थिक क्षति पुर्याएको भन्दै चीनविरूद्ध मुद्दा दर्ता गराएका छन् ।
मुद्धामा चीन सरकारले शुरुमा कोरोनाभाइरस ढाकछेप गरेकाले संसारभर महामारी फैलिएको आरोप लगाइएको छ । पूर्वीमिजौरीको जिल्ला अदालतमा दायर गरिएको मुद्धामा महान्याधिवक्ता एरिक स्मिटले चिनियाँ अधिकारीहरूले भाइरस मानिसबाट सर्ने जानकारी लुकाएको, संक्रमणको चेतावनी दिनेलाई चुप लगाएको, प्रकोप नरोकी विश्वभर फैलिन दिएको आरोप लगाएका छन् ।
महान्याधिवक्ता स्मिटले मुद्धाबाट आफूले ठूलो मात्रामा भएको जनधनको क्षति र त्यसबाट मानिसले पाएको दुःख र मिजौरीका जनताले भोग्नु परेको आर्थिक अशान्तिको न्याय खोजेको बताएका छन् ।
चिनियाँ अधिकारीबाट भएको छल, ढाकछेप, असक्रियता एवम् कोरोनासम्बन्धी सूचना लुकाउने कुकर्मले महामारी ल्याएकोु उजुरीमा उल्लेख छ । उजुरीमा चीनसँग माग्नु पर्ने क्षतिको रकम भने उल्लेख गरिएको छैन ।
चिनियाँ स्वास्थ्य अधिकारीले डिसेम्बरको अन्त्यमा नै कोरोना भाइरस मानिसबाट मानिसमा सर्ने प्रमाण पाएको भए पनि २० जनवरीसम्म त्यसलाई लुकाएको उनको आरोप छ ।
मुद्धामा चीनको राष्ट्रिय स्वास्थ्य आयोग, वुहान नगरको सरकार तथा वुहान इन्सिट्यूट अफ भाइरोलोजीलाई प्रतिवादी बनाइएको छ । वुहान कोरोना भाइरसको उद्गमस्थल हो भने वुहान इन्सिट्यूट अफ भाइरोलोजी अमेरिकाले कोरोना भाइरस लिक भएको भनेर आशंका गरिएको ठाउँ हो ।
गत साता अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अमेरिकाले उक्त आशंकाबारे आफैँ अनुसन्धान गर्न त्यहाँ पहुँच खोजिरहेको बताएका थिए । शुरुमा भेटिएका संक्रमित सो इन्स्टिच्युटबाट नजिकै रहेको समुन्द्री खाना तथा वन्यजन्तु बजारसँग सम्बन्धित थिए । एजेन्सीको सहयोगमा–
|फाइल तस्वीर|