विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख ८४ हजार नाघ्यो, कुन देशमा कती (अपडेट)



११ बैशाख २०७७, काठमाडौं

विश्वभर कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या १ लाख ८४ हजार २१७ पुगेको छ । त्यस्तै विश्वभर एकैदिन ७९ हजार ९५९ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या २६ लाख ३७ हजार ६७३ पुगेको छ ।

अमेरिकामा मात्रै मृत्यु हुनेको संख्या ४७ हजार नाघेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा २ हजार ३ सय २१ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ४७ हजार ६ सय ३९ बढी  पुगेको छ । एकैदिन २४ हजार ४ सय २९ हजार ३ सय ७१ बढी जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ८ लाख ४८ हजार १ सय १५ बढी पुगेको छ । संक्रमितमध्ये १४ हजार १६ जनाको अवस्था गम्भीर रहेको छ भने ८३ हजार ९ सय ७८ जना संक्रमित उपचारपछि निको भएका छन् ।

इटलीमा १ लाख  ८७ हजार ३ सय २७ जना संक्रमित भएका छन् भने २५ हजार ८५ जनाको मृत्यु भएको छ ।

स्पेनमा २ लाख ८ हजार ३ सय ८९ जना संक्रमित भएका छन् र २१ हजार ७ सय १७ जनाको मृत्यु भएको छ ।

फ्रान्समा १ लाख ५७ हजार ३ सय संक्रमित छन् भने २१ हजार ३ सय ४० जनाको मृत्यु भएको छ ।

बेलायतमा १ लाख ३४ हजार ६ सय ३८ जना संक्रमित भएका छन् भने १८ हजार १ सय जनाको मृत्यु भएको छ ।

जर्मनीमा १ लाख ५० हजार ६ सय ४८ जना संक्रमित छन् भने ५ हजार २ सय ७९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्