११ बैशाख २०७७, काठमाडौं
बूढानीलकण्ठ नगरपालिका वडा नं. ६ स्थित श्री भद्रकाली आधारभुत बिद्यालयमा अध्यनरत छात्र÷छात्राहरुलाई राहत वितरण गरिएको छ ।
हिजो बैशाख १० गते बूढानीलकण्ठ नगरपालिका वडा नं. ६ को समन्वयमा ६ न. वडामा संचालित युरो स्कुलको सहयोगमा भद्रकाली आधाभुत विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाइ खाद्यान्नको प्याकेज वितरण गरिएको हो ।
भद्रकाली आधारभुत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको प्राय सबैको परिवार मजदुर बर्गका भएकोले संक्रमणका कारण बन्दाबन्दीको अवस्थाले बिद्यार्थी बर्गमा खाद्यान्न अभाव भएकोले युरो स्कुललाई वडाले अनुरोध गरेपछी वडाले बूढानीलकण्ठ नगरपालिकासँग अनुमती लिएर ४७ जना बिद्यार्थीका अभिभावकहरुलाई विद्यालय व्यवस्थापन समितीका अध्यक्ष ज्ञानु खड्का, सदस्य प्रदिप डङ्गोल, प्रध्यानाध्यापक शान्ता बुढाथोकी, वडाका जनप्रतिनिधिहरु स्थानीय सुरक्षाकर्मीहरुको उपस्थितिमा खाद्यान्न राहात सामाग्री बितरण गरिएको बारे बुनपा–६ का वडाअध्यक्ष नवीन केसीले जानकारी दिएका छन् ।
साथै उनले सहयोगको लागि युरो स्कुल परिवारलाई धन्यवाद समेत व्यक्त गरेका थिए ।