अस्थायी प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा ट्रम्पले गरे हस्ताक्षर



११ वैशाख २०७७, काठमाडौं

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोभिड १९ (कोरोना भाइरस)को संक्रमण फैलिन रोक्ने उद्देश्यले अमेरिका प्रवेशमा ६० दिनसम्म प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।

यससँगै अमेरिकामा स्थायी बसोबासको नयाँ अनुमति (ग्रीनकार्ड) दिने काम र विदेशीलाई अमेरिका प्रवेश बन्द भएको छ । ट्रम्पले गत मंगलबार नै यदि आवश्यक परेमा यस्तो प्रतिबन्ध थप ३० दिनका लागि या त्योभन्दा पनि लामो समयसम्मका लागि बढाउन सकिने बताएका थिए ।

अमेरिकीहरुको रोजगारी रक्षा गर्नुपर्ने पहिलो प्राथमिकता भएकाले आप्रवासीहरुलाई रोक लगाउन आवश्यक रहेको ट्रम्पको भनाइ छ ।
अमेरिकी राष्ट्रपति ट्रम्प सुरुदेखि नै आप्रवासीहरुप्रति कठोर बन्दै आएका छन् ।

आप्रवासीप्रतिको ट्रम्पको व्यवहारलाई उनका आलोचकहरुले चुनावी मुद्दासमेत बनाउँदै आएका छन् । एजेन्सीको सहयोगमा–

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्