पिताको निधन सम्झेर अन्तवार्तामै रोइन् भूमी



११ बैशाख २०७७, काठमाडौँ

भूमी पेडनेकर बलिउडकी चर्चित नायिका हुन् । उनलाई भर्सटाइल अभिनेत्री पनि भनिन्छ । केहीदिन अघिमात्र भूमीले एक अन्तवार्ता दिएकी थिइन् । उनले अन्तवार्तामा आफ्ना विगतका केही कुराहरु बताएकी थिइन् ।

अन्तवार्ता दिने क्रममा उनी भावुक पनि हुन पुगिन् । अन्तर्वार्तामा उनले आफ्नो पिताको निधनको प्रसङ्ग सम्झिएर भाबुक बनेकी थिइन् ।

उनको पिताको मृत्यु क्यान्सरको कारण भएको थियो । उनले भनिन् – ” बुबाको निधन हुँदा हामी भर्खरकै थियौ, म १८ वर्ष र समीक्षा ९बहिनि० १५ वर्ष । हामीले उहाँलाई लामो समय रोग संग लडिरहेको देख्यौ जुन एकदमै दुस्खद थियो । हामी उहाँलाई धेरैनै मिस गर्छौ । तर आमाले त्यतिबेला हामीलाई सम्हालेर राख्नुभयो ।”

प्रतिक्रिया दिनुहोस्