बहिनीलाई कुटेको टिकटक बनाएपछि कार्तिक आर्यनलाई लाग्यो महिला हिंसा बढाएको आरोप



११ बैशाख २०७७, काठमाडौँ

कार्तिक आर्यन अहिलेका सर्वाधिक डिमाण्डेड अभिनेता हुन् । उनको लुक्सको फ्यानहरु निकै नै रहेका छन् । विशेष कार्तिकको केटी फ्यानहरु धेरै रहेका छन् । अहिले लकडाउनका कारण उनी घरमा परिवारसँग समय बिताइरहेका छन् ।

समय बिताउन आजभोली उनी टिकटकमा खुब व्यस्त हुन थालेका छन् । उनले केहीदिन अघि आफ्नी बहिनी कृतिकासँग एक भिडियो बनाएका थिए । जहाँ उनले बहिनीले रोटी मिठो नबनाएको भन्दै उनलाई बाल्कोनीबाट फ्याकिदिएका थिए ।

उक्त भिडियो कार्तिकले रमाइलोको लागि बनाएका थिए । कत्तिले उक्त भिडियोलाई रमाइलोको रुपमा नै लिए भने कत्तिलाई उक्त भिडियो मन परेन । अहिले भिडियोको कारण उनी विवादमा आएका छन् ।

केही प्रयोगकर्ताले कार्तिकले घरेलु हिंसा बढाएको आरोप लगाएका छन् । उनले नकरात्मक सोच फैलाएको समेत धेरैले बताए । तर कार्तिकले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्