‘जनता समाजवादी पार्टी’ को नेतृत्व महन्थ ठाकुरले गर्ने



११ वैशाख २०७७, काठमाडौं

राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी नेपालबीच एकताभएपछि बनेको नयाँ पार्टी ‘जनता समाजवादी पार्टी’ नेपालको नेतृत्व महन्थ ठाकुरले गर्ने भएका छन् ।

नेतृत्वकै हानथापमा पार्टी एकीकरणमा समस्या हुने देखिएपछि ठाकुरलाई नेता मान्न सबै तयार रहेको राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले बताए ।

राजपा र समाजवादीबीच गए मध्यराति पार्टी एकताको सहमति भएको थियो । जसपाले दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेनसमेत दिइसकेको छ ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्