११ वैशाख २०७७, काठमाडौं
समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकीकरण भई बनेको ‘जनता समाजवादी पार्टी’का नेताहरूले सभामुखलाई एकताको सहमति पत्र बुझाएका छन् ।
दलका नेताहरूले सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख अग्नी प्रसाद सापकोटालाई भेटेर सहमति पत्र बुझाएका हुन् । पत्र बुझ्दै सभामुख सापकोटाले फुट्नुभन्दा जुटेको राम्रो भो भन्दै लामो समयदेखिको प्रयास सफल भएकोमा नेताहरुलाई बधाईसमेत दिएका छन् ।
राजपाको तर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो, केशव झा र समाजवादी पार्टीको तर्फबाट राजेन्द्र श्रेष्ठ, शिवजी यादव, फणिन्द्र देवकोटालगायतका नेताहरू उपस्थित थिए ।
उपेन्द्र यादव र शरतसिंह भण्डारी भने निर्वाचन आयोगमा सहमति पत्र बुझाएलगत्तै असन्तुष्ट नेता–कार्यकर्तासँग छलफल गर्न निस्केका छन् ।
|तस्वीरमा आयोग पुगेका जसपाका नेता। श्रोत|