११ बैशाख २०७७, काठमाडौं
बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ९ का वडा सदस्य पर्शुराम कार्की मार्फत नगरवासी राजेन्द्र शाक्य र दशरथ रिजालद्वारा अप्ठ्यारोमा परेका नागरिकहरुलाई वितरण गर्ने गरी नगरप्रमुख उद्धव प्रसाद खरेललाई विभिन्न किसिमको खाद्यान्न सामाग्री सहयोग गरेका छन् ।
दाताहरु राजेन्द्र शाक्य र रिजालद्वारा प्रदान गरिएको खाद्यान्न सामग्रीमा ५० बोरा चामल, ८ बोरा चिउरा, ६ बोरा दाल, १५० प्याकेट तेल र १५० प्याकेट नुन रहेको जानकारी दिँदै उक्त सहयोग सामग्री हस्तातरण कार्यक्रममा उप–प्रमुख रमादेवी राई र नगरपालिकाका प्रमुख सल्लाहकार सुन्दर पुर्कुटी समेत उपस्थित रहेको युवा अभियन्ता निभेश कार्कीले परिवर्तन खबरलाई बताए ।
स्थानीय विकास निर्माण र सामाजिक अभियानमा निकै सक्रिय कार्कीले २०३४ सालदेखि कम्युनिष्ट पार्टीमा क्रियाशील रहेर २०३९ सालमा पार्टी सदस्य प्राप्त गरेका थिए ।
यो पनि पढ्नुहोस् :