कतार : कारागारमा रहेका १७ नेपालीले पाए आममाफी



११ वैशाख २०७७, काठमाडौं

कतारस्थित विभिन्न कारागारमा रहेका १७ जना नेपालीहरुले आममाफी पाएका छन् ।

कोभिड १९ (कोरोना भाइरस)को महामारी फैलिएकाले कैदीहरुको स्वास्थ्य र मानवीय अवस्थालाई ध्यानमा राखेर कतारका राजाले केही कैदीहरुलाई आममाफी दिने निर्णय गरेका हुन् ।

सोही निर्णयअनुसार १७ जना नेपालीले पनि आममाफी पाएका दोहास्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार कतारको बन्दी गृहमा रहेका १७ जना नेपाली नागरिकहरु अब रिहा हुनेछन् ।

रिहा हुनेहरुमा १३ जना लागू औषध कोरोबार, २ जना चोरी, १ जना मादक पदार्थ कारोबार र अर्का १ जना ठगीको कसूरमा सजाय भुक्तान गरिरहेकाहरु थिए ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्