१५ बर्षको उमेरमा ३० रुपैयाँबाट काम थालेका रोहित आज बने करोडौँको मालिक…



११ बैशाख २०७७, काठमाडौँ

रोहित सेट्टी, बलिउडको लोकप्रिय नाम । उनी बलिउडका निकै चर्चित निर्देशक हुन् । उनले बनाएका प्राय चलचित्रहरु असफल छैनन् । उनी चर्चितसँगै बलिउडका धनी निर्देशकमध्ये एक हुन् ।

अहिले उनको जीवनशैली हेर्ने हरकोहीले भन्ने गर्छन्, जीवन होस् त यस्तो, केही कुराको कमी नै छैन । तर कसलाई थाहा छ र, यति सुविधासम्पन्न जीवन बनाउनमा उनले कतिधेरै मेहेनत गरेका छन् भनेर  ।

सबैले उनको वर्तमानलाई हेरेर उनको प्रशंसा गर्ने गर्छन् । जुन स्वभाविक नै हो । तर कसैले उनको अतीत जान्न चाहन्नन् । रोहितले यो पहिचान बनाउन निकै नै संघर्ष गरेका छन् । उनी मात्र ५ कक्षामा पढ्दा उनको पिताको निधन भयो । पिताको निधनसँगै घरको सारा जिम्मेवारी उनमा नै आइलाग्यो । पिताले जसोतसो गरेर ४ वटा गाडी जम्मा गरेका थिए ।

तर परिवारमा दैनिक आर्थिक संकट बढ्दै गएपछि उनको परिवारले सबै गाडी बेच्नु पर्यो । परिवारको समस्या बढ्दै गएपछि रोहित आफैले काम गर्नुबाहेक अरु विकल्प थिएन । जसका कारण उनले मात्र १५ बर्षको उमेरदेखि काम सुरु गरे । उनले काम सुरु गर्दा उनको कमाई मात्र ३० रुपैँया थियो । ३० रुपैँयाले के पो आउँथ्यो र ? उनी घरबाट काममा हिड्दै जान्थे र हिड्दै नै आउँथे, उनलाई पैसा जो बचाउनु थियो ।

रोहितले पहिलो काम कुकु कोहलीबाट पाएका थिए । त्यो उनको पहिलो इन्टर्न जागीर थियो । रोहितले घरमा आर्थिक मद्दत गर्न चाहन्थे । तर, इन्टर्नमा काम गर्न गएका कारण जममा ३० रुपैयाँ पाउँथे । उनी घरमा पनि पैदल जाने गर्थे । कुकु जुन फिल्ममा काम गर्थे, उही फिलममा वीरु देवगनको छोरा अजय देवगनले अभिनय गर्दै थिए । फिल्मको नाम थियो – फूल और काँटे ।

रोहितले लगातार संघर्ष गर्दै गए । त्यसपछि उनलाई २ सहायक निर्देशकको रुपमा अफर गर्न थालियो । २ चलचित्रमा सहायक निर्देशकको रुपमा काम गरेपछि उनको कामको प्रशंसा गर्न थालियो । त्यसपछि नभन्दै उनले निर्देशक बन्ने मौका    पाए । निरन्तर संघर्ष गरिरहेका कारण आज उनी बलिउडका सफल निर्देशक बनेका छन् ।

अहिले उनले एउटा चलचित्र निर्देशन गरेको २५ करोडसम्म लिने गर्छन् भने एउटा विज्ञापन खेलेको ८ करोडसम्म लिन्छन् । अहिले उनको मुम्बईमा २ आलिसान घरहरु रहेका छन् भने थुप्रै गाडीहरु पनि रहेका छन् । हाल सुविधायुक्त जीवन बिताइरहेका रोहितको अझैपनि विगतका दिनहरु सम्झदाँ आखाँबाट आँशु झर्ने गर्छन् । तर उनी आफ्नो विगत सम्झेर गर्व महशुस पनि गर्ने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्