पूजा र बर्षाको लोभलाग्दो मित्रता



१२ बैशाख २०७७, काठमाडौँ

नेपाली चलचित्र क्षेत्रमा कलाकारको सम्बन्ध बद्लिरहेको हुन्छ । बाहिर आफूलाई मिल्ने साथी बताउने कलाकारहरु कतिबेला दुश्मन बन्छन् थाहै हुदैन । अझ फिल्म क्षेत्रमा त बनावटी सम्बन्धहरु धेरै रहेको पनि बताइन्छ ।

तर यहाँ केही कलाकारको सम्बन्ध वास्तवमा साचो छ । त्यसमध्येका एक हुन् पूजा शर्मा र बर्षा राउत । पूजा र बर्षा एकअर्काका मिल्ने साथी हुन् । यीनीहरु एकअर्कालाई मिल्ने साथी मात्र बताउँदैनन् । परेको बेला साथीको कर्तव्य पनि निभाएका छन् ।

यस्तै, पछिल्लो समय फेक फ्यानको आरोपका कारण चर्चामा रहेकी नायिका पूजा शर्मालाई वर्षाले साथ दिएकी छिन् । यी दुईको मित्रता वास्तवमै लोभलाग्दो रहेको छ ।

प्रतिक्रिया दिनुहोस्