१२ वैशाख २०७७, काठमाडौं
काठमाडौं उपत्यका हाललाई कोभिड १९ (कोरोना भाइरस)संक्रमित मुक्त भएको छ ।
बिहीबार (हिजो) काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्ट्मा बस्दै आएका र कोरोना परीक्षण पोजेटिभ देखिएपछि पाटन अस्पतालमा उपचाररत ८१ वर्षीय आमासँगै उनको छोरा डिस्चार्ज भएपछि काठमाडौं उपत्यका हाललाई कोरोना संक्रमित मुक्त बनेको हो ।
यही सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले डिस्चार्ज भएकी ८१ वर्षीय जेष्ठ नागरिकलाई बधाई दिँदै काठमाडौं उपत्यका हाललाई कोरोना संक्रमित मुक्त भएकोमा खुशी व्यक्त गरेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल नेपालमा ४८ कोरोना संक्रमित थिए । जसमा काठमाडौं उपत्यकामा सबै संक्रमित डिस्चार्ज भएसँगै हाललाई काठमाडौं उपत्यका कोरोना संक्रमित मुक्त भएको हो ।
कोरोना संक्रमित सबैभन्दा पाको उमेरकी ८१ वर्षीया जेष्ठ नागरिक सन्चो हुनुभएसँगै काठमाडौँ उपत्यका हाललाई कोरोना विरामी मुक्त भएकोमा सन्तोष लागेको छ। डिस्चार्ज भएका सबैको फेरि एक पटक सुस्वास्थ्यको कामना गर्दछु।
— K P Sharma Oli (@kpsharmaoli) April 24, 2020
|फाइल तस्वीर|