१२ बैशाख २०७७, काठमाडौँ
भूमी पेड्नेकर बलिउडकी निकै चर्चित नायिका हुन् । भर्सटाइल अभिनेत्रीको रुपमा परिचित भूमी हरेक चलचित्रमा फरक भूमिका गर्न रुचाउँछिन् । जसको कारण उनको डिमाण्ड बलिउडमा हाई छ ।
फिल्म क्षेत्रमा काम गर्ने धेरै अभिनेत्रीको इच्छा आफ्नै क्षेत्रको मानिससँग जीवन बिताउने हुन्छ । तर भूमीको सोच भने अलग छ । भूमी कुनैपनि नायकसँग डेट गर्न चाहन्नन् ।
किनकी उनी उनको जीवनसाथी पनि यहि क्षेत्रबाट भएको चाहन्नन् । भूमी जीवनभर फिल्मको कुरामात्र गरेर बस्न नसक्ने भएकाले फिल्म क्षेत्रको कुनैपनि मानिससँग आफू प्रेम नगर्ने बताउँछिन् ।