राजेश हमालको गुनासो- ‘यस्तो संकटको बेलामा पनि शक्तिशाली देशहरु जुटेनन्’



१२ बैशाख २०७७, काठमाडौँ

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसले मानिसको दैनिक जीवनमा निकै असर पारेको छ । त्यतिमात्र नभएर कोरोनाका कारण विश्वभर धेरै मानिसले ज्यान गुमाइसकेका छन् । कोरोनाको संक्रमण विश्वभर दैनिक रुपमा बढ्दो छ ।

यस्तो अवस्थामा शक्तिशाली देशहरु एकसाथ अघि बढ्नु पर्नेमा एकअर्कासँग जुधिरहेको देखिएको छ । नेपाली चलचित्र क्षेत्रमा महानायकको रुपमा परिचित राजेश हमालले पनि यसबारे गुनासो पोखेका छन् ।

राजेशले विश्व नै समस्यामा परेको बेला शक्तिशाली देशहरु एकजुट भएर अघि बढ्नुपर्ने बेला एकअर्कासँग लडाई गरिरहेको बताएका छन् । उनले अहिले एकअर्कालाई सहयोगको जरुरत भएकाले सबै मिले अगाडी बढ्न आवश्यक रहेको तर्क दिए ।

उनले भनेका छन्, ‘संकटको समयमा अमेरिका र चीन जस्ता शक्तिशाली देशहरु एकसाथ उभिन नसक्नु, अन्य देशहरुसँग अन्तरक्रिया नै नगर्नु चाहीँ पिडादायी कुरा हो । यो समय शक्तिशाली देशहरु जुटेर काम गर्नु पर्ने हो, त्यो पनि देखिएको छैन ।’

साथै राजेशले शक्तिशाली देशहरु मिलेर अघि बढे कोरोनाविरुद्धको लडाई जित्न सकिने पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्