कोरोनाका कारण बेलायतमा खोटाङकी राईको निधन



१२ बैशाख २०७७, काठमाडौं

कोरोना संक्रमणका कारण बेलायतमा ३२ वर्षीया नेपाली युवतीको निधन भएको छ । मृत्यु हुनेमा खोटाङ ऐसेलुखर्क गाउँपालिका १ पुर्ख्यौली घर भई हाल बेलायतको ननिटनमा बस्दै आएकी बीमा नाछिरिङ राईको निधन भएको हो।

उनको म‌ंगलबार जर्ज इलिट अस्पतालमा निधन भएको स्थानीय ब्रिट्रिश गोरखा भेट्रान्स एसोसिएसन युकेका महासचिव भीम सारु मगरले जानकारी दिए । उनी पूर्व गोरखा सैनिक डाकबहादुर राई र देशी राईकी माइली छोरी थिइन् । उनी गत वर्ष मात्र युके आएकी थिइन् ।मिर्गौलाकी बिरामी राईलाई कोरोना संक्रमण भएपछि एक साता अघि सो अस्पताल भर्ना गरिएको परिवारले जनाएको छ ।

उनी अहिलेसम्ममा युकेमा कोरोनाका कारण ज्यान गुमाउने नेपालीहरुमा सबैभन्दा कम उमेरका नेपाली हुन् । राईको निधनप्रति ब्रिटिश गोरखा भेट्रान्स एसोसिएसन युकेले श्रद्धान्जलि व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्