आमा गुमाउनेहरु प्रति समर्पित गर्दै नाजिरले लेखे यस्तो मार्मिक कविता…



१२ बैशाख २०७७, काठमाडौँ

नाजिर हुसेन राम्रो अभिनय गर्नुका साथै राम्रो कविता पनि लेख्ने गर्छन् । उनले बेला बेलामा सामाजिक सञ्जालमा कविता लेखेर फ्यानलाई सुनाइरहेका पनि हुन्छन् । हिजो मातातिर्थ औँशी । हरेक मानिसको लागि विशेष दिन ।

तर यस दिन नाजिरको दिन भने रोएरै ने बित्छ । किनकी उनकी आमा हुनुहुन्न । नाजिरले आमा नभएकाहरुको लागि र सम्पूर्ण आमाहरुको लागि हिजो मातातिर्थ औँशीको अवसरमा फेसबुकमा कविता बाचन गरेको भिडियो हालेका थिए ।

कविता बाचन गर्दा गर्दै उनी भावुक समेत हुन पुगेका थिए । उनको कविता निकै नै मार्मिक थियो । कविताले जो कोहीको पनि मन छुन्छ । उनका प्रशंसकले उनको कविताको निकै तारिफ गरे भने धेरैले कविताको लागि नाजिरलाई धन्यवाद पनि दिए ।

यस्तो छ नाजिरको कविता

स्याउली चोकमा सबथोक छ
तर, तिमी छैनौ आमा
घरको पालीमा गौँथलीले गुँड लाउन अझै छोडेकी छैन
हरेक वर्ष झैँ कोरल्छे बचेराहरु
र उडाइ दिन्छे आकाशमा
बचेरासँगै उनको सपना पनि त उड्दो हो
स्याउली चोकमा सबथोक छ
तर तिमी छैनौ,
गौँथलीले देखेको जस्तै तिम्रो एक अञ्जुली सपना
अझै पनि खेतका गराहरुमा
खोलाका छालहरुमा
अम्बाका फुलहरुमा
शहरका गल्लीहरुमा
उम्रन्छन,
बग्छन,
फल्छन,
अनि , दौडन्छन
यस्तो लाग्छ
तिम्रो एक अञ्जुली सपना, मैले वर्षौँ वर्ष सम्हालेर राख्न सकूँ,
स्याउली चोकमा सबथोक छ
तर तिमी छैनौ आमा

प्रतिक्रिया दिनुहोस्