कलाकार संघको तर्फबाट नृत्यकारलाई राहत वितरण



१२ बैशाख २०७७, काठमाडौँ

कोरोनाका कारण नेपाली सिने जगतका सम्पूर्ण कामहरु बन्द भएका छन् । जसका कारण सिनेमाकै भरमा जीवन चलाइरहेका चलचित्रका प्राविधिक र नृत्यकारलाई समेत समस्या परेको छ ।

तिनै समस्यालाई मध्यनजर गर्दै चलचित्र कलाकार संघले राहत वितरण गरेको छ ।

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्काको समन्वय तथा नेपाल शाकाहारी पार्टीको संयोजनमा नेपाल नृत्य संघका करिब ७० जना व्यक्तिलाई राहत वितरण गरिएको छ ।  संघले ७० जना नृत्यकारलाई नेपाल नृत्य संघका कार्यबाहक अध्यक्ष जनक कार्कीको अनुरोधमा राहात वितरण गरेको अध्यक्ष रविन्द्र खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्