च्यासिन्डोलमा बसोबास गर्ने मजदुर एवम् विपन्नलाइ स्थानीयद्वारा खानाको व्यवस्था



१२ बैशाख २०७७, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका वडा न. ६ , च्यासिण्डोलका स्थानीयहरुले त्यस क्षेत्र भित्र बसोबास गर्ने मजदुर तथा विपन्न वर्गका परिवारलाइ लकडाउन अवधिभरका लागि खाना पकाएर खुवाउन थालेका छ्न ।

बागमती प्रदेश सांसद दीपक निरौला, नेकपा बुढानिलकण्ठ नगर सचिव प्रदिप डङ्गोल, वडाका अध्यक्ष नवीन केसी, स्थानीय समाजसेवी श्याम केसी लगायतले खाना खुवाउने बारे छलफल गरेका थिए ।

बागमती प्रदेशका सांसद दीपक निरौलाले अभियानका आयोजकहरुलाई “लकडाउनको अवधी, लक्षित बर्गको संख्या, सहयोगीहरुको अनुकुलता, सामाजिक दुरी ” आदिबारे परामर्श समेत प्रदान गरेका थिए ।

हिजो बैशाख १० गतेबाट सुरु गरिएको सो अभियान च्यासिन्डोल क्षेत्रमा बसोबास गर्ने र खानाको अभाव भएका श्रमिक, विपन्न र बहालमा बस्ने विद्यार्थीहरु लक्षित गरेर सुरु गरिएको र पहिलो दिनमा ३० जनाका लागि खाना तयार गरिएको बारे त्यसै क्षेत्रका स्थानीय अगुवा एवम समाज सेवी श्याम के. सी. ले जानकारी गराएका छन् ।

च्यासिन्डोल स्थित स्पार्क एजुकेशन फाउन्डेसन नामक विद्यालयमा खाना पकाइ च्यासिन्डोल क्षेत्र भित्रका मजदुर एवम् विपन्न मानिसहरूलाई खाना वितरण गर्ने गरि सुरु गरिएको उक्त अभियानलाइ निरन्तरता दिन र सकेसम्म लक्षित व्यक्तिहरुको घरघरमा नै गएर खाना वितरण गरि भीड्भाड कम गर्न वडा अध्यक्ष नवीन केसीले सुझाव समेत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्