१२ वैशाख २०७७, काठमाडौं
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सकारले अध्यादेश फिर्ता लिएर गल्ती सच्याएको बताएका छन् ।
सरकारले गत सोमबार जारी गरेको दुई अध्यादेश शुक्रबार (आज) फिर्ता लिने निर्णय गरेलगत्तै प्रवक्ता शर्माले आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलमा ट्वीट् गर्दै सरकारले आफ्नो गल्ती सच्याएको बताएका हुन् ।
यसैबीच उनले अपहरण शैलीमा सांसद उठाउने कर्ममा संलग्नलाई कारबाहीको प्रतिक्षामा मुलुक रहेको पनि उल्लेख गरेका छन् । ‘अध्यादेश फिर्ता लिएर सरकारले गल्ती सच्यायो, अब अपहरण शैलीमा सांसद उठाउने कर्ममा संलग्नलाई कारबाहीको प्रतिक्षामा छ, देश ।’ उनले लेखेका छन् ।
सांसद ‘अपहरण’मा संलग्न रहेको भन्दै नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सवेन्द्र खनाल, सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठको अहिले तौचर्फी आलोचना भइरहेको छ ।
प्रवक्ता शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अब सम्पूर्ण ध्यान र शक्ति कोराना भाइरसविरुद्धको संघर्षमा केन्द्रीत गर्न पनि आग्रह गरेका छन् ।
|तस्वीरमा शर्मा। श्रोतः|