१२ वैशाख २०७७, काठमाडौं
इन्डानेसियामा सरकारले कोरोना भाइरस नियन्त्रणको लागि लगाएको नियम मिच्दै सयौं मानिस रमजानका लागि भेला भएका छन् ।
इन्डोनेसियाको अचे प्रान्तमा सयौंको संख्यामा मानिसहरू बिहीबार रमजान मनाउन भेला भएका हुन् । यो प्रान्तलाई इन्डोनेसियाको सबैभन्दा धेरै अन्धविश्वास व्याप्त भएको प्रान्त मानिन्छ ।
बिहीबार रमजान मनाउने क्रममा मानिसहरूले कुममा कुम जोडेर प्रार्थना गरेका थिए । उनीहरू यो प्रार्थनाको लागि बैतुररहमान ग्राण्ड मस्जिदमा भेला भएका थिए ।
यहाँ सहभागी भएका केही मानिसले मात्र मास्क लगाएका थिए । यो प्रार्थनामा सहभागी एक सिती रमजानले आफूहरू कोरोना भाइरसको महामारी छिटै अन्त्य होस् भनी अल्लाहसँग प्रार्थना गरिरहेको बताए ।
उनले आफूहरूले गरेको प्रार्थना अल्लाहले पनि सुनेर त्यसको जवाफ दिने आफूहरूको विश्वास रहेको उनले सुनाए । पछिल्लो समय विश्वभर बढिरहेको भाइरसको महामारी रोक्न इन्डोनेसियाको सरकारले सबै किसिमको भेलामा रोक लगाएको छ । एजेन्सीको सहयोगमा-
|तस्वीरमा रमजान। श्रोतः|