१२ बैशाख २०७७, काठमाडौँ
सिताराम कट्टेल (धुर्मुस) नेपाली कलाकारिता जगतको लोकप्रिय नाम हो । तर उनको पहिचान कलाकारमा मात्र सिमित छैन । उनी सामाजिक अभियान्ता पनि हुन् । पछिल्लो समयमा उनी चितवनमा निर्माण भैरहेको क्रिकेट रंगशालाको काममा व्यस्त थिए । तर लकडाउनका कारण रंगशालाको काम रोकिएपछि उनी घरमै समय बिताइरहेका छन् ।
तर उनले बेला बेलामा सामाजिक सञ्जालमा चेतनामूलक भिडियोहरु पनि अपलोड गरिरहेका हुन्छन् । यस्तै उनले कोरोनाका कारण समस्यामा परेका व्यक्तिहरुको पनि सहयोग गरेका छन् ।
सिताराम बिहिबार मातातिर्थ औँसीको दिन सडकमा निस्किए । आमाको मुख हेर्ने दिनमा केही आमाहरुको अनुहारमा खुशी ल्याउने आशा सहित उनले विभिन्न स्थानमा पुगेर रकम सहयोग गरेका छन् ।
मृगौला विरामी, दृष्टिबिहिनदेखि हिडेरै काठमाण्डौबाट घर जाँदै गरेका मानिसहरुलाई उनले नगद सहयोग गरेका हुन् ।