१२ वैशाख २०७७, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बालुवाटार बोलाएका छन् ।
प्रधानमन्त्री ओलीले नै देउवालाई छलफलका लागि बालुवाटार बोलाएका समाचार सेतोपाटीले लेखेको छ ।
चर्को आलोचनापछि सरकारले ल्याएका दुई अध्यादेश शुक्रबार (आज) फिर्ता लिएको छ ।
अध्यादेश फिर्ता लिने निर्णयको केहीबेरमै प्रधानमन्त्रीले प्रतिपक्ष दलका प्रमुखलाई भेट्न बोलाउनुलाई विशेष रुपमा हेरिएको छ ।
|फाइल तस्वीर|