१२ वैशाख २०७७, काठमाडौं
सरकारले कोरोना भाइरस (कोभिड–१९)का कारण श्रम गन्तव्य मुलुकहरुमा रहेका करिब तीन लाख श्रमिक स्वदेश फर्किनसक्ने विश्लेषण गरेको छ ।
साउदी अरब, मलेसिया, यूएई, कतार, कुवेत, बहराइन, ओमान लगायतका मुलुकमा ठूलो संख्यामा नेपाली श्रमिक छन् । त्यहाँ १५ लाख बढी नेपाली कार्यरत छन् ।
र, अवैध रुपमा बसेर काम गरिरहेका नेपालीको संख्या पनि ठूलो छ । शुक्रबार मन्त्रिपरिषद्को बैठकमा तत्काल तीन लाख श्रमिक नेपाल फर्किने अवस्थामा पुगेको रिपोर्टिङ भएको छ ।
साउदी अरबले भारतीय श्रमिकहरुलाई फिर्ता पठाउन फारम गराएको थियो । त्यसमा नेपालीहरुले पनि फारम भरेका छन् । यस्तै कतिपय मुलुकमा नेपालीहरु कामविहीन भएका छन् ।
यसका साथै लामो समयदेखि अवैधानिक रुपमा बसेर काम गरिरहेकाहरु पनि अहिले समस्यामा परेका छन् । सबैभन्दा बढी अवैधानिक रुपमा काम गरिरहेकाहरु अहिले समस्यामा परेको बताइएको छ ।
सरकारले पनि अब उनीहरुलाई सम्बन्धित देशको रजिस्ट्रेसन प्रक्रियामा समावेश हुन जोड दिने भएकाले उनीहरु स्वदेश फर्किने सम्भावना बढी छ ।
|तस्वीरमा मन्त्रिपरिषद् बैठक। श्रोतः|