देउवाले ओलीलाई भने, ‘गल्ती सच्याएकोमा धन्यवाद’



१२ वैशाख २०७७, काठमाडौं

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै अध्यादेश फिर्ता लिएर गल्ती सच्याएको भन्दै धन्यवाद दिएका छन् ।

शुक्रबार (आज) दिउँसो प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा भएको भेटमा सभापति देउवाले प्रधानमन्त्री ओलीलाई धन्यवाद दिएका हुन् ।

आज देउवा र ओलीबीच भेटघाट भएको थियो । एक घण्टाको देउवा ओलीको भेटपछि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि पुगेका थिए ।

उनीहरुबीचमा समसामयिक राजनीतिक विषयवस्तुमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । सरकारले गत सोमबार जारी गरेको दुई अध्यादेश चौतर्फी आलोचनापछि आज फिर्ता लिएको छ ।

|तस्वीरमा त्रीपक्षीय भेट। श्रोतः प्रधानमन्त्रीका स्वकीय सचिवालय|

प्रतिक्रिया दिनुहोस्