१२ बैशाख २०७७, काठमाडौं
काठमाडौंमा बसोवास गर्दै आएका ९ सय भन्दा बढि नगरवासीलाई दुधौली नगरपालिकाले उद्धार गरेको छ । लकडाउनका कारण समस्यामा परेका ज्यालादारी, मजदुरी गर्ने, विद्यार्थी, विभिन्न पेशा व्यवसायी लगायतलाई उद्धार गरिएको हो ।
काठमाडौं उपत्यका भित्र विगत देखि विभिन्न पेशा व्यवसाय गर्दै आएका ९ सय २० जनालाई उद्धार गरीएको दुधौली नगरपालिका वडा नं २ का वडाध्यक्ष तथा नगर प्रवक्ता रितेश राउतले परिवर्तन खबरलाई जनाएका छन् । प्रवक्ता राउतका अनुसार लकडाउनका कारण अलपत्र परेका भ्याली भित्र बसोवास गर्ने आफ्ना नगरवासीको उद्धारका लागि आफै काठमाडौं गएर उद्धार गरेका हौं । हामीले मंगलबार पाँच सय र बुधबार राती चार सय २० जनाको उद्धार गरेर आफ्नै नगरमा ल्याएको जानकारी गराएका छन् ।
नगरपालिकाले काठमाडौंबाट ल्याइएका सबैलाई स्वास्थ्य जाँच गरेर सुरक्षित रुपमा घर पठाएको छ भने उनीहरुलाई होम क्वारेन्टाइनमा बस्नको लागि समेत आग्रह गरिएको प्रबक्ता राउतले बताए ।